कास्कीमा भेटियो २३ जना कोरोना संक्रमित


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित




कास्कीमा २३ जना कोरोना संक्रमित भेटिएका छन्।

मंगलबार मात्रै कास्कीमा कोरोना संक्रमितको यो संख्या देखिएको हो। पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रा.लि.मा परीक्षणबाट कोरोना संक्रमित पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा ३२ कोरोना संक्रमित थपिएका छन्। कास्कीमा २३ जनासंगै गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।

संक्रमितमध्ये लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालिमा २७ जना र मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी (सुस्ता पूर्व)का ५ जना रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्याक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीमा २३ जना, नवलपरासी (सुस्ता पूर्व)मा ५ जना, तनहुँ र म्याग्दीमा २÷२ जना छन्। जसमा महिला १० जना र अन्य पुरुष छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १७ हजार २ सय ६३ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।