पोखरा लेकसाइडका उत्कृष्ट १० होटललाई पुरस्कार

- हाल होटल क्षेत्रमा करिब ८० प्रतिशत नगद कारोबार, पाहुनाहरुका लागि आवासमा क्यूआर कोड स्क्यानमार्फत ४० प्रतिशत छुट


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०७८ मा प्रकाशित




तस्बीरः पश्चिमाञ्चल होटल संघ, पोखरा


‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियान अन्तर्गत क्यूआर कोड स्क्यानमार्फत कारोबार गर्ने पोखरा लेकसाइडका उत्कृष्ट १० होटलहरु पुरस्कृत भएका छन्।

नयाँ वर्ष २०७८ को अवसरमा ‘नगद छोडौ,ं फोन पे गरौं भन्ने नाराका साथ फोन पे प्रा.लि.सँगको सहकार्य र त्यसमा आबद्ध ५५ बैंक तथा वित्तीय संस्थाको सञ्जालमार्फत चैतको ३१ र वैशाखको १ गते डिजिटल माध्यमबाट ‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियानमा उत्कृष्ट १० होटलहरु पुरस्कृत भएका हुन्।

पोखरा र पोखरा क्षेत्रको भ्रमणका लागि पाहूनाहरुलाई आकर्षित गर्न संचालन गरिएको प्रबद्र्धनात्मक अभियानमा टिका रिसोर्ट प्रा.लि.ले प्रथम पुरस्कार जित्यो। उसले ५० हजार नगद जितेको छ।

त्यस्तै, होटल डान्डेलिओन र द कुटि रिसोर्ट प्रा.लि. दुई होटल दोस्रो भए। ति होटलहरुले समान २० हजार रुपैयाँ नगद पुरस्कार जित्यो ।

त्यस्तै, होटल बाराही, फिस्टेल लज, होटल टेम्पल ट्री एण्ड स्पा, होटल बुटिक, होटल लेकसोर, होटल चौतारी र होटल क्रम हिमालयजलगायतको ७ होटल तृतीय बन्दै समान ५ हजार रुपैयाँ नगद पुरस्कार जित्यो।

पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी र द्धितिय उपाध्यक्ष दीपक श्रेष्ठले विजेता होटलका संचालक तथा व्यवस्थापकहरुलाई चेक हस्तान्तरण गरे।

संघका अध्यक्ष तुलाचनले होटल व्यवसायीहरुलाई प्रविधितर्फ प्रोत्साहन गर्न प्रबद्र्धन अभियानमा क्यूआर कोड स्क्यानको डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गरिएको बताए।

‘कोभिडका कारण सुसुप्त अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पुनर्जागरण गराउन छुट तथा सहुलियत प्रदान गरी आन्तरिक पर्यटकहरुको आकर्षण वृद्धि गर्ने क्यूआर कोड स्क्यानको माध्यमबाट भुक्तानी गर्ने मुख्य उद्देश्य हो,’ तुलाचनले भने, ‘यस माध्यामका कारण राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रबद्र्धन गरी प्रविधितर्फ उन्मुख गराउने र बढ्दो कोभिड संक्रमणलाई न्यूनिकरण गर्न होटल संचालन कार्यविधिमा निर्दिष्ट रहेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप नगद भुक्तानी कार्यलाई निरुत्साहित गर्नेछ।’

तुलाचनका अनुसार चैतको ३१ ग्ते र वैशाख १ गते दुई दिन ‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियान अन्तर्गत होटलमा आउने पाहुनाहरुका लागि आवासमा ४० प्रतिशत छुट प्रदान गर्नुका साथै क्यूआर कोड स्क्यान भुक्तानी गर्ने व्यवस्था मिलाइएको थियो।

उनले होटल क्षेत्रमा करिब ८० प्रतिशत कारोबार रहेको बताए। यस प्रकारको अभियानले नगदरहित कारोबारलाई पश्रय दिने उनको भनाई थियो।

तेस्रो पुरस्कार जित्न सफल टिका रिसोर्ट प्रा.लि.का संचालिका संगीता पौडेलले होटल व्यवसायमा गरेको मेहनतले प्राप्त पुरस्कारका कारण आफूले गौरव गरेको उल्लेख गरिन्।

‘विश्वव्यापी महामारी कोभिडका कारण सुस्ताएको पर्यटन व्यवसायको क्षेत्रमा यस्तो पुरस्कारले सकारात्मक सन्देश दिएको छ,’ पौडेलले बताइन्।

संघका महासचिव गणेशराज पहारीले संचालन गरेको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष लक्षुमण सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।