पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परीक्षणमा कास्की सहित ७ जिल्लाका १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
६३२ जनामा गरिएको परीक्षणमा कास्कीका ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले कोभिड–१९ सम्बन्धी अध्यावधिक गरेको विवरणमा भनिएको छ ।
यस्तै तनहुँका १०, नवलपुर वर्दघाट सुस्ता पूर्वका ७, म्याग्दीका ६, स्याङ्जाका ३ र पर्वतका एक जनामा संक्रमण पाइएको छ । सोही अवधीमा ५६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
कास्कीका संक्रमित मध्य अन्नपूर्ण गाउँपालिकाका ७ जना, मादी गाउँपालिकाका एक जना हुन् भने बाँकी पोखरा महानगरपालिकाका हुन् ।
यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या १७ हजार ७३७ पुगेको छ । ती मध्य १६ हजार ६४६ जना कोरोना मुक्त भइसकेका छन् ।
प्रदेशमा २११ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । अव प्रदेशमा ८८० जना आइसोलेसनमा रहेको निर्देशनालयले विवरणमा उल्लेख गरेको छ । ती मध्य ७७३ जना होम आइसोलेसनमा छन् ।
कास्कीमा मात्रै ६६३ जना सक्रिय संक्रमित छन् । यस्तै गोरखामा ७, तनहुँमा ३४, नवलपरासीमा २९, स्याङ्जामा ३३, पर्वतमा १६, बाग्लुङमा १०२, म्याग्दीमा २४, मनाङ र मुस्ताङमा संक्रमितको संख्या शून्य छ ।
एक सातामा ५७२ जनामा कोरोना संक्रमण :
गण्डकी प्रदेशमा एक साताको अवधीमा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा दुई हजार २०६ जनाको पिसिआर परीक्षण हुँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी विवरणमा उल्लेख छ । तिमध्य २०२ जना भने कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै एक साताको अवधीमा संक्रमणबाट ४ जनाको ज्यान गुमेको छ ।
प्रदेशमा हालसम्म एक लाख ४१ हजार ८०६ जनाको पिसिआर परीक्षण गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







