फाइल फोटो
पोखरा । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले मास्क नलगाउने ३१ जनालाई कारवाही गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणबाट बच्न र फैलावट नियन्त्रणका लागि भन्दै कार्यालयले प्रदेशभर सञ्चालन गरेको ‘तपाईको मास्क खोई’ अभियान अन्तर्गगत ३१ जनालाई कारवाही गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाले जनाएको छ ।
‘संक्रमणबाट आफूपनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित प्रदेश कार्यालय गगनगौंडा सहित ११ वटै जिल्लाका दश हजार १७२ सवारी चेकजाँच गर्ने क्रममा ३१ जना कारवाहीमा परेका हुन् । उनीहरुलाई सम्झाई बुझाई गर्दा समेत अटेर गरेपछि कारवाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले सो अवधीमा २० हजार ३५३ जनालाई सम्झाई बुझाई गरेको छ भने ८ हजार ६२९ जनालाई मास्क वितरण गरेको छ ।
यही बैशाख १३ गतेदेखि लागू भएको अभियान अन्र्तगत प्रहरीले सार्वजनिक यातायातमा सवार यात्रुहरुले मास्क लगाए नलगाएको चेकजाँच गर्ने, मास्क नलगाउने यात्रुहरुलाई अनिवार्य मास्क लगाउन सुझाव दिने, स्थानिय पालिकाहरुसंगको समन्वयमा मास्क वितरण गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई नियमानुसार कारवाही गर्ने लगायतका गतिविधि गरिहरेको पनि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार शाहीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







