पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखराका थप दुई जनाको मृत्यु भएको छ ।
संक्रमणबाट पोखरा महानगरपालिका–७ घर भएकी ८९ वर्षिय बृद्धा र पोखरा–१४ का ४३ वर्षिय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
पोखरा ७ की वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो । गत बैशाख ८ गते कोरोना संक्रमित भएकी उनी होमआइसोलेसनमा थिइन् ।
यस्तै ४३ वर्षिय पुरुषको भने बुधबार राती ७ः३० बजे मृत्यु भएको जनाइएकोे छ । गत बैशाख ७ गते कोरोना संक्रमित भएका उनको उपचारका क्रममा पोखराको मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







