कास्कीमा जोर विजोर प्रणाली पालना नगर्ने १८४ सवारी होल्ड


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित




पोखरा । कास्कीमा निषेधज्ञाको अवज्ञा गरी सवारी साधन चलाउने १४८ जनालाई प्रहरीले दिनभर होल्ड गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाका समयमा जोर विजोर प्रणालीको पालना नगरेको भन्दै प्रहरीले उनीहरुलाई दिनभर होल्ड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रशासनले बैशाख १५ गतेदेखि लागू हुने गरि जिल्लाभित्र सञ्चालन हुने यात्रुवहाक तथ निजी सवारी साधनहरु जोर विजोर प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

कार्यालयले निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गराउन कास्की भित्रिने नाका र पोखरा बजार क्षेत्रका विभिन्न १० बढी स्थानमा चेकजाँच कडा पारेको छ ।

दिनभर होल्ड गरिएका सवारी साधनलाई साँझ ५ बजेपछि भने सम्झाई बुझाई गरी छोडिएको जनाइएको छ ।

यसअघि बिहीबार १६४ र बुधबार ७७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।

निषेधज्ञा बैशाख २१ गते राती १२ बजे सकिदै छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।