२२ जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण दर बढ्यो : स्वास्थ्य मन्त्रालय

- स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने अवस्था, जनस्वास्थ्यका मापदण्ड अपनाउन संवेदनशील बन्न सबैमा अपिल


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित




फाइल फोटो

सरकारले कोरोनाको संक्रमण नेपालमा हाल निकै उच्च गतिमा फैलिएको भन्दै सचेत हुन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सर्वसाधारणमा एक अपिल जारी गर्दै कोरोनाको हिसाबले नेपालका अति प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कैलाली कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको जानकारी गराएको हो।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भई सकेको अवस्था रहेको मन्त्रालयले बताएको छ। त्यसैले सवैलाई संवेदनशिल हुन मन्त्रालयले अपिल नै जारी गरेर अनुरोध गरेको छ।

कुनैपनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाहय पर्यटनका लागि कहि कतै जाने कामहरु प्ूर्ण रुपमा नगर्नु, नगराउनुहुन, कुनैपनि सार्वजनिक स्थलहरुपमा जाने भिडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी रहेको मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ। जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशिल भई कडा रुपमा पालना गर्न गराउन सवैलाइ अनुरोध समेत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।