स्याङ्जाका वालिङ, गल्याङ र चापाकोट नगरपालिका बन्द


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

स्याङ्जा जिल्लाका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन्।

जिल्लाका वालिङ, गल्याङ र चापाकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रकोप बढ्दै गएकोले स्वास्थ्यलाई मध्यनजर राखेर नगरभित्रका संपूर्ण कार्यालय, निजी तथा गै¥हसरकारी संस्थाका साथै बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएको जनाएका छन्।

स्थानीय तहका प्रमुखहरुद्धारा जारी गरिएको सूचनामा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण नगरक्षेत्रमा तीब्र रुपमा फैलन सक्ने भएकोले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।

वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणद्धारा हस्ताक्षरित विज्ञप्तीमा शनिबार राति १२ बजे देखि २५ गते राति १२ बजेसम्मको लागि जनस्वास्थ्य विपद घोषणा गरिएको उल्लेख गरिएको छ। नगरभित्रका संपूर्ण कार्यालय संघसंस्थाका साथै विद्यालयहरु र होटलहरु बन्द रहने उल्लेख छ।

गल्याङ नगरपालिकाले शनिवार नै सूचना प्रकासित गर्दै आइतबारदेखि २५ गतेसम्मको लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। नगरप्रमुख भुपराज अधिकारीद्धारा हस्ताक्षरित सूचनामा नगरभित्र कोरोना संक्रमण उच्च रुपमा फैलिन सक्ने भएकोले यसबाट बँच्नको लागि उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।

नरपालिकाले गल्याङ नगर अस्पतालमा ५० शैयाको अक्सिजन सहितको आइसोलेसन बेड निर्माण कार्य भइरहेको समेत जनाएको छ।

यसैगरी, चापाकोट नगरपालिकाले शुक्रबार विज्ञप्ती जारी गर्दै चापाकोट नगरपालिका अर्को सूचना नभएसम्मको लागि अत्यावश्क बाहेका सबै सेवा बन्द गरिएको जनाएको छ। नगरप्रमुख गिरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरभित्र निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।