गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ । पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होम आइसोलेसनमा रहेका एक सहित ८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
संक्रमणबाट ज्यान गुमाउने मध्य कास्कीका मात्रै ५ जना छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमणबाट ज्यान गुमाउनेमा पोखरा–१६ का ७७ वर्षिय वृद्धको शनिबार दिउँसो १ः१७ बजे मृत्यु भएको छ । बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होमआइसोलेसनमा रहँदा मृत्यु भएकोे हो ।
यस्तै, पोखरा–२६ की ५८ वर्षिया वृद्धाको कोरोना भाइरस संक्रमणबाट शनिबार बिहान साढे १० बजे मृत्यु भएको छ । गत वैशाख १५ गते संक्रमित भएकी उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–१६ की ७३ वर्षिया वृद्धाको बैशाख १८ गेत कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । मेडिप्लस अस्पताल पोखरामा उपचाररत उनको उपचारकै क्रममा दिउँसो ४ : १३ बजे मृत्यु भएको हो । उनमा वैशाख १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा–१० की ७३ वर्षिया वृद्धाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । यही वैशाख १७ गते कोरोना संक्रमित भएकी उनको वैशाख १८ गते साँझ ५ः२५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणबाटै पोखरा–१९ का ५४ वर्षिय पुरुषको मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत उनको बैशाख १८ गते मृत्यु भएको हो । उनमा सोही दिननै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरि पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षिया वृद्धाको शनिबार दिउँसो मृत्यु भएको छ । बैशाख १७ गते संक्रमित भएकी उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षिय पुरुषको संक्रमणबाट पोखरामा मृत्यु भएको निर्देशनालयले अध्यावधिक गरेको छ । बैशाख १५ गते कोरोना संक्रमित भएका उनको गत शुक्रबार मृत्यु भएको हो । उनको उपचारकै क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको जनाइएको छ ।
पोखराको मेडिप्लस अस्पतालमा उपचाररत रुपन्देहीका ७५ वर्षिय वृद्धको आइतबा मृत्यु भएको छ । जिल्लाको बुटवल उपमहानगरपालिका – ३ घर भएका उनलाई वैशाख ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।…







