कृषिमन्त्री पद्मा अर्याल कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेशको संयोजकमा चुनिएकी छन्।
संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेशको संयोजकमा कृषिमन्त्री अर्याललाई तोकेको हो।
संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ।
मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरी महामारीविरुद्धको लडाइँमा आवश्यक पर्ने सामग्री लगायतका सहयोगका लागि संघीय सरकारले संयोजक तोकेको हो।
बैठकले प्रदेश १ को संयोजकमा भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङफेलाई तोकेको छ। त्यस्तै, प्रदेश २ को संयोजकमा शहरी विकास मन्त्री प्रभु साहलाई जिम्मेवारी दिइएको छ।
वागमती प्रदेशमा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई तोकेको छ। त्यसैगरी, लुम्बिनीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई संयोजकको जिम्मेवारी दिइएको छ।
यस्तै, कर्णालीमा वनमन्त्री प्रेम आले र सुदूरपश्चिमको संयोजकमा उद्योग मन्त्री लेखराज भट्टलाई संयोजकको जिम्मेवारी दिइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।…







