गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार ४ सय नाघ्यो

- कास्कीमा मात्रै एक हजार ३१५ जना आइसोलेसनमा


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित



पोखरा । सोमबार गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको १९ हजार ४ सय नाघेको छ ।

पछिलो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशभर कोरोना भाइरस संक्रमण हुनेको संख्या १९ हजार ४२४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार सोमबार प्रदेशमा कास्कीका ४६, बाग्लुङका ७१, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३९, गोरखाका २१, स्याङ्जाका १४, पर्वतका ५, मनाङका ३, तनहुँ र लमजुङका दुई–दुई जनामा संक्रमण पुष्टि भएको छ ।

कास्कीमा पुष्टि भएका संक्रमितमध्य एक जना माछापुच्छ्रे गाउँपालिकाका हुन् भने बाँकी पोखरा महानगरका रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै सोही अवधीमा ६३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा संक्रमण पुष्टि भएका मध्य १७ हजार ९ जना कोरोना भाइरस संक्रमणमुत्त भएका छन् ।

अब दुई हजार १८३ आइसोलेसनमा छन् । जसमध्य दुई हजार बढी होमआइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ संक्रमणसम्बन्धि विवरणमा उल्लेख छ ।
जिल्लागत विवरण अनुसार कास्कीमा मात्रै एक हजार ३१५ जना आइसोलेसनमा छन् ।

त्यस्तै लमजुङमा ८, गोरखामा ११५, तनहुँमा ७१, नवलपुरमा १३८, स्याङ्जामा १९६, पर्वतमा ४०, बाग्लुङमा १९९, म्याग्दीमा ७१,मुस्ताङमा १३ र मनाङमा ७ जना सक्रिय संक्रमित रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख छ ।

यस्तै प्रदेशभर कोरोना संक्रमणबाट २३२ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।