गण्डकी प्रदेशमा थप २०३ जना कोरोना संक्रमित थपिए


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



गण्डकी प्रदेशमा हिँजो (सोमबार) थप २०३ जनामा कोरोना संक्रमित थपिएका छन्।

कास्कीमा ४५ जनासंगै प्रदेशमा उक्त संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा क्षयरोग उपचार केन्द्र पोखरामा ८९ जना, धौलागिरी अस्पताल, बागलुङमा ७२ जना, मध्यविन्दु जिल्ला अस्पताल (नवलपरासी पूर्व)मा ३९ जना, मनाङ जिल्ला अस्पताल, मनाङमा ३ जना गरी कुल २०३ जनामा संक्रमण पुष्टि छ।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ४५ जना, बागलुङका ७५ जना, गोर्खाका २१ जना, स्याङजाका १४ जना, लमजुङ र तनहुँका २÷२ जना गरी ४ जना, पर्वत १ जना, मनाङका ३ जना र नवलपरासी पूर्वका ३९ जना रहेको निर्देशनालयले जनाएको छ।

योसंगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ३ सय ३२ जना पुगेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।