तनहुँमा पनि २ दिनपछि लकडाउन गर्न सिफारिस


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



तनहुँमा पनि कोभिड जोखिम बढेको निष्कर्ष निकाल्दै तनहुँका स्थानीय तहहरुले २ दिनभित्र निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका छन्।

जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले जिल्लाभित्र १५ भन्दा बढी व्यक्ति भेला हुने गरी धार्मिक तथा सार्वजनिक कार्यक्रम नगर्ने समेत निर्णय गरेको छ।

बैठकले जिल्लाका सबै पालिकाहरुले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ सामाग्रीहरु औषधि लगायत अन्य सामानहरु खरिद गरि भण्डारण गरि मौज्दात राख्ने निर्णयसमेत गरेको छ।

यस्तै, विकास निर्माणमा जिल्लाका सबै पालिकाहरुले बाहिरबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्तिमार्फत विकास निर्माणका कामहरू सुचारु गर्ने पनि बैठकले निर्णय गरेको छ।

यसैगरी, जिल्लाका सबै शिक्षण संस्थाहरुको पठनपाठन र परीक्षा पूर्ण रूपमा स्थगित गर्ने निर्णयसमेत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।