गण्डकी प्रदेशमा ९०३ को परीक्षण गर्दा ४२९ संक्रमित


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



पोखरा । मंगलबार गण्डकी प्रदेशमा ९०३ जनामा गरिएको पिसिआर परीक्षणमा ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार सबैभन्दा बढी कास्कीका ३१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वका ५१, बाग्लुङका ३३, तनहुँका १६, लमजुङका ८, स्याङ्जाका ५, मुस्ताङका ४, पर्वत र म्याग्दीका एक–एक जनामा पनि संक्रमण पाइएको छ ।

कास्कीमा भेटिएका संक्रमितमध्य एक जना अन्नपूर्ण गाउँपालिकाका हुन् भने बाँकी सबै पोखरा महानगरका रहेको जनाइएको छ ।

यो संगै प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १९ हजार ८५३ पुगेको छ । यस्तै सोही अवधीमा विभिन्न जिल्लाका ६३ जना कोरोना भाइरसंक्रमण मुक्त भएका छन् ।

हालसम्म प्रदेशभर १७ हजार ७२ जना निको भएको निर्देशनालयले कोभिड–१९ सम्बन्धि अध्यावधिक विवरणमा उल्लेख गरेको छ ।

अब प्रदेशमा दुई हजार ५४६ जना सक्रिया संक्रमित छन् । ति मध्य दुई हजार ३५४ जना होम आइसोलेसनमा छन् ।
यस्तै कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाले ज्यान गुमाएका छन् ।

यो सहित हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३५ पुगेको निर्देशनालयले जनाएको छ ।

सोमबार प्रदेशमा कास्कीका ४६ सहित २०३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६३ जना कोरोना भाइरस मुक्त भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।