पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड बन्दै गएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको नयाँ रेकर्ड बनेको हो । एक हजार २९० जनामा पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।
संक्रमित हुनेमा कास्कीका २९२, गोरखाका ६०, बाग्लुङका ५३, नवलपरासी पूर्वका ५२, म्याग्दीका २९, स्याङ्जाका २७, पर्वतका ८ र मनाङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २० हजार ४२७ पुगेको छ ।
सोही अवधीमा ८७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १७ हजार १५९ जना कोरोनामुक्त भएका छन् ।
अव प्रदेशमा तीन हजार ३१ जना आइसोलेसनमा छन् । तिमध्य दुई हजार ८०४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयद्वारा बुधबार अध्यावधि कोभिड–१९ सम्बन्धी विवरणमा उल्लेख छ ।
यस्तै हालसम्म कोरोनाबाट २३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
यसअघि, आइतबार ५७३, सोमबार २०३ र मंगलबार ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







