पोखरा । गण्डकी प्रदेशमा हालसम्म १७ हजार तीन सय बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३०२ पुगेको हो ।
निर्देशनालयका अनुसार आज यो सातामा संक्रमणमुक्त हुनेको संख्या बढेको हो । पछिल्लो क्रममा बुधबार ८७ जना, मंगलबार र सोमबार ६३–६३ जना र आइतबार ६४ जनाले कोरोना जितेका थिए ।
यस्तै पछिल्लो २४ घण्टामा कास्कीका २२१ सहित ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य बाग्लुङका ५८, नवलपरासी पूर्वका ४१, म्याग्दीका ३२, तनहुँका २९, लमजुङका २७, मुस्ताङका १४, पर्वतका ८ तथा गोरखाका ३ जनामा कोरोना संक्रमण पाइएको छ ।
९४७ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो संगै गण्डकी प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २० हजार ८६० पुगेको छ ।
अब प्रदेशमा तीन हजार ३१७ जना आइसोलेसनमा छन् भने २४१ जनाले ज्यान गुमाएको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







