प्रतिकात्मक तस्बीर
धौलागिरी अस्पताल बागलुङमा बिहीबार उपचाररत् २ जना पुरुषको मृत्यु भएको छ।
जसमध्ये १ जना कोरोना संक्रमित र १ जना संकास्पद संक्रमित हुन्।
बागलुङ नगरपालिका–४ का ७८ बर्षिय पुरुषको बिहिबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ। वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पतालपुगेका उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको थियो। बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।
स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना भएको म्याग्दीको बेनी नगरपालिका–१ का ३३ बर्षिया पुरुषको बुधबार राती नै मृत्यु भएको छ। उनलाई सघन उपचार कक्षमा राखेर उपचार भैरहेको थियो। अक्सिजनको मात्रा निकै कम पुगिसकेको अवस्थामा अस्पताल पुगेका उनको पीसिआर जाँचका लागि थ्रोट स्वाव लिन समेत नभ्याईएको अस्पताल श्रोतले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







