तस्बीर: एजेन्सी
तनहूँको दमौली अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू कक्ष तयार पारिएको छ।
कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अस्पतालमा ४ बेडको भेन्टिलेटर र ७ बेडको आइसीयू कक्ष तयार भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
स्वास्थ्य मन्त्रालयमार्फत् प्राप्त २ करोड रुपैयाँ लगानीमा ती संरचना बनेका हुन्। भेन्टिलेटर र आइसीयू बनेपछि कोभिडका जटिल बिरामीलाई उपचार गर्न सकिने अस्पताल श्रोतले जनाएको छ।
अस्पताल श्रोतका अनुसार अस्पतालले आफ्नै अक्सिजन प्लाण्ट बनाउने तयारीसमेत गरेको छ। गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट बनाउन ७५ लाख रुपैयाँ उपलब्ध गराएको श्रोतले जनाएको छ।
आइसीयू र भेन्टिलेटरको सुविधा थप्नका लागि पनि प्रदेश सरकारले १ करोड ६९ लाख रुपैयाँ पठाएकोमा फिर्ता गरेको उनले बताए। संघीय सरकारले २ करोड दिएकाले प्रदेशले दिएको रकम फिर्ता गरेर अन्य शीर्षकमा अस्पतालले बजेट मागेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







