बाग्लुङ र नवलपरासी पूर्वका थप ९९ जनामा कोरोना संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशको बाग्लुङ र नवलपुर बर्दघाट पूर्वमा थप ९९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पताल बाग्लुङमा गरिएको पिसिआर परीक्षणमा बाग्लुङका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बाग्लुङ नगरपालिकाका २२ र बडीगाड गाउँपालिकाका २५ जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै नवलपुर वर्दघाटको मध्यविन्दु अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पाइएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार कावासोती नगरपालिकाका २३, देवचुलीका १०, मध्यविन्दु र गैंडाकोटका ७–७ जना, हुप्सेकोटका ३ र विनयीत्रिवेणी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

योसंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २० हजार ९५९ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।