गण्डकी प्रदेशमा पोखराका १६५ सहित थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित




पोखरा । कास्कीका १७७ सहित गण्डकी प्रदेशमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्की सहित ९ जिल्लाका ३७८ जना रहेको निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

कास्कीमा संक्रमण पुष्टि भएका मध्य मादी गाउँपालिकाका ८, रुपा गाउँपालिकाका ३, अन्नपूर्ण गाउँपालिकाका १ जना भने बाँकी पोखरा महानगरपालिकाको विभिन्न वडाका हुन् ।

प्रवक्ता शर्माका अनुसार गोरखाका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लका आरुघाट गाउँपालिकाका १९, भिमसेन थापा गाउँपालिकाका १६, शहिद लखन थापाका ९, धार्चेका ७ र गण्डकीका एक जना थपिएका हुन् ।

यस्तै पर्वतमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बिहादी गाउँपालिकाका २५, जलजला गाउँपालिकाका १३, कुश्मा नगरपालिकाका १०, मोदी र महाशिला गाउँपालिकाका एक–एक जनामा संक्रमण पाइएको प्रवक्ता शर्माले जानकारी दिए ।

म्याग्दीका ३८ जनामा कोरोना संक्रमण पाइएको छ । संक्रमण पुष्टि हुनेमा बेनी नगरपालिकाका ३२, रघुगंगाका ४ र धौलागिरी गाउँपालिकाका २ जना छन् ।

त्यस्तै, स्याङ्जाका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निर्देशनालयले जनाए अनुसार भिरकोट नगरपालिकाका १५, पुतलीबजारका ३, वालिङका ५, विरुवा, आँधिखोला, कालिगण्डकी र फेदीखोला गाउँपालिकाका एक–एक जनामा संक्रमण पाइएको हो ।

तनहुँका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा भिमादका १५, म्याग्देका ३, व्यासका २, भानु र शुक्लागण्डकीका एक–एक जना छन् ।
लमजुङको राइनास नगरपालिकाका १० जनामा संक्रमण पाइएको छ ।

उता बाग्लुङको बाग्लुङ र नवलपुर पूर्वको कावासोती नगरपालिकाका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार ३३७ पुगेको छ ।

यस अघि बाग्लुङ र नवलपरासीका ९९ जनामा संक्रमण पुष्टि भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।