गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या झण्डै २१ हजार ५ सय नजिक


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या झण्डै २१ हजार पाँच सय नजिक पुगेको छ ।

पछिल्लो क्रममा कास्की सहित ७ जिल्लामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार ४९३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि. पोखरामा गरिएको पिसिआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १४३, तनहुँको भिमाद र म्याग्दे गाउँपालिकाका ५, स्याङ्जको वालिङका ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वतको जलजला गाउँपालिकाका २, म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, र बाग्लुङको बाग्लुङ नगरपालिकाका एक–एक जनामा कोरोना संक्रमण भएको जनाइएको छ ।

यस अघि कास्कीमा १७७, नवलपरासी पूर्वमा ५३, बाग्लुङमा ४८, गोरखामा ५२, पर्वतमा ५०, म्याग्दीमा ३८, तनहुँमा २२ र लमजुङमा १० मा संक्रमण पुष्टि भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।