प्रतिकात्मक तस्बीर
म्याग्दीको मालिका गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ।
कोरोना संक्रमितको उपचार गर्न वडा नं ६ दरबाङ छयारछयारेस्थित बहुउद्देश्ययीय सभा हलमा अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाले जनाएको छ।
यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा ५ शय्याको कोरोना अस्पताल बनाएको थियो। सो कोरोना अस्पतालमा १ चिकित्सक, २ नर्स र १ कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो।
अहिलेसम्म गाउँपालिकाको आइसोलेसनमा कोरोना संक्रमित भर्ना भएका छैनन्।
आइसोलेसनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ। ऋब, आइसोलेसन वार्डमा अक्सिमिटर र अक्सिजनको व्यवस्था गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







