तनहुँमा एकै दिन थपिए ६१ जना कोरोना संक्रमित


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

तनहुँमा नयाँ ६१ जना कोरोना संक्रमित थपिएका छन्।

जिल्लाको भानु नगरपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा १, म्याग्दे गाउँपालिकामा ४, व्यास नगरपालिकामा ८, भिमाद नगरपालिकामा १९ र पालिका नखुलेका २८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

भानु–१ का ३५ वर्षीय पुरुष, शुक्लागण्डकी–४ का ५० वर्षीय पुरुष, म्याग्दे–२ का ३०, ३०, ६३ वर्षीय पुरुष, म्याग्दे–३ की ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यस्तै, व्यास–१ की ६० वर्षिया महिला र ३९, ४२ वर्षीय पुरुष, व्यास–३ का ५८ वर्षीय पुरुष, व्यास–४ का २८ वर्षीय पुरुष र ३९ वर्षीया महिला, व्यास–५ का २३, ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो।

त्यस्तै, भिमाद–१ की ३३ वर्षीया महिला र २७, ४५ वर्षीय पुरुष र भिमाद–२ का ४२ वर्षीय पुरुष, भिमाद–४ की ३२ वर्षिया महिला, भिमाद–६ की ३३, ३६, २०, ३६, ६२, ३२ १७, ३९, २८ वर्षिया महिला र ४१, ४, ६२, १७, १२ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यस्तै, पालिका र वडा नखुलेका ४३, २६, ३५, ४६, ५६, ५९, ३२, ३८, ३८, ३२, ४३, ५०, ५०, २६ वर्षीया महिला र ४१, ३५, ३४, ४२, ३४, १८, ५६, ३३, ४८, ५३, ३५, ५१, ४३, २९ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ।

योसँगै, तनहुँमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय २ पुगेको छ। त्यस्तै, मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।