फाइल तस्बीर
पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । पोखरामा उपचाररत् १ जना कोरोना संक्रमित पुरुषको आज बिहान निधन भएसँगै मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
मृत्यु हुने १२ जना नै पोखराका विभिन्न अस्पतालमा उपचाररत् थिए । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार मृत्यु हुने संक्रमितमा कास्कीका ६ जना, स्याङजाका २, पर्वतका २ म्याग्दी, र रुपन्देहीका एक÷एक जना छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २६३ पुगेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







