आइतबार गण्डकीमा झण्डै ७ सय संक्रमित, २१४ कोरोना मुक्त


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा आइतबार झण्डै सात सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६९७ जनामा गरिएको पिसिआर परीक्षणमा ६९९ जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । योसंगै हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २३ हजार २२९ पुगेको छ ।

यस्तै सोही अवधीमा २१४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७६५ पुगेको छ ।

आज थपिनेमध्ये कास्कीका ४३०, गोरखाका १०४, तनहुँका ७७, स्याङ्जाका २६, पर्वतका २२, बाग्लुङका २१, लमजुङका १५, म्याग्दीका २, मुस्ताङ र नवलपरासी पूर्वका १ जनामा छन् ।

कास्कीका संक्रमितमध्य मादी र रुपा गाउँपालिकाका एक–एक जना छन् भने बाँकी ४२८ जना पोखरा महानगरपालिकाका भएको निर्देशनालयले कोभिड–१९ सम्बन्धि अध्यावधिक विवरणमा उल्लेख गरेको छ ।

अब प्रदेशमा ५ हजार २०१ जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा मात्रै १२ जनाको मृत्यु भएको छ । जुन अहिलेसम्मकै धेरै हो । यो सहित प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २६३ जनाको मृत्यु भइसकेको छ ।

यस अघि गत साता ८ हजार ४१५ पिसिआर परीक्षणमा चार हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । सोही साता ८१९ जना संक्रमणमुक्त हुँदा ३१ जनाको मृत्यु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।