नेकपा कास्कीका उपाध्यक्ष शोभाकर भण्डारी रहेनन्


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




माधवकुमार नेपाल पक्ष नेकपा एमाले कास्कीका उपाध्यक्ष शोभाकर भण्डारीको आज राति १ बजे मणिपाल शिक्षण अस्पतालमा असामयिक निधन भएको छ।

कोभिड संक्रमणका कारण भण्डारीको मृत्यु भएको पार्टी अध्यक्ष धनराज आचार्यले बताएका छन्।

एक हप्ता अघिदेखि भण्डारी सामान्य ज्वरो, रुघाखोकीबाट ग्रसित भएपछि ५ दिनअघि भण्डारीलाई गण्डकी मेडिकल कलेज (जीएमसी) मा भर्ना गरिएको आचार्यले बताए। त्यसको २ दिनपछि भण्डारीलाई गण्डकी मेडिकल कलेज (जीएमसी) बाट मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो।

पञ्चायतकालदेखि नै बाम आन्दोलनमा सक्रिय भण्डारी विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशील थिए।

स्व. भण्डारी राष्ट्रिय अभिभावक संघ, कास्कीका अध्यक्ष, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालका च्याप्टर संयोजक र पुष्पलाल मित्रता केन्द्र कास्कीका अध्यक्ष समेत हुन्।

स्व. भण्डारीको एक श्रीमती, एक छोरा र एक छोरी छन्। अध्यक्ष धनराज आचार्यले भण्डारीको असामयिक निधनप्रति आफू र पार्टीको तर्फबाट गहिरो दुख व्यक्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।