आज मे महिनाको १२ तारिख अर्थात विश्व नर्सिङ दिवस।
अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन)को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो।
आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ। सन् १८२० मे महिनाको १२ तारिखका दिन ब्रिटेनमा जन्मिएकी महान स्वास्थ्य परिचारिका (नर्स) नाइटिङेगेल ल फ्लोरेन्सको जन्म दिनको अवसरमा विश्व नर्स दिवस मनाइँदै आएको हो।
गत वर्षदेखि विश्वव्यापी महाव्याधीका रुपमा फैलिएको कोरोनाविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस नेपाल लगायत विश्वभर मनाइँदैछ। कोरोना संक्रमितहरूको उपचारमा तल्लीन नेपाल लगायत विश्वका कतिपय नर्सहरू त आफै संक्रमित छन्।
विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रीत गरिएको छ। शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ।
नाइटिङ्गेल फ्लोरेन्सलाई ‘ए लेडी विथ ए ल्याम्प’का नामले पनि चिनिन्छ । अर्थात् टुकी या भनौँ लालटिन बोकेकी महिला। उतिबेला युरोपमा ‘क्रिमेन युद्ध’ चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उनलाई सम्मानका साथ ‘लेडी विथ ए ल्याम्प’ भनेका हुन्।
त्यतिबेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भने अस्पतालमा सरसफाईका कुराहरूमा उत्ति ध्यान दिइँदैनथियो । स्वास्थ्यसेवीहरू पनि विरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्नेमा अनभिज्ञ नै थिए। तसर्थ, फ्लोरेन्सले अस्पताललाई सफा राख्न अनि विरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रुपमा आधुनिक नर्सिङ्ग पेशालाई ल्याएकी थिइन्।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधिहरू बोकेकी अनि मुस्कानसहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका (नर्स) हुन् भन्ने जनाउँछ। नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज संचालन गरेकी थिइन्। जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ।
क्रिमिया युद्धमा एकजना घाइते सैनिकले नाइटीएंगलबारे कविता लेखेका थिए ।
Lo ! in that house of misery
A lady with a lamp I see
Pass through the glimmering gloom,
And flit from room to room
अर्थात
त्यस दर्दनाक र पिडा भरिएका घरभित्र
टुकी समातेकी एकजना महिला म देख्दथेँ
चित्कारभित्रका वेदना सुन्दै र माया बाँड्दै
हरेक कोठा कोठा उनी सहृदय पुग्थिन्
नेपालमा भने सन् १९४७ मा वीर अस्पतालको स्थापनापछि स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएर आएका थिए। त्यतिबेला वीर अस्पतालका स्वयं कम्पाउन्डर या डाक्टरहरुले ड्रेसिङ् लगायत अन्य उपचारहरू गर्ने गर्दथे।
नर्सिङको नेपाली इतिहास विसं २०१३ बाट शुरु भएको देखिन्छ। जब केही गृहणीहरू लगायतका नेपाली चेलीहरूले औपचारिक रुपमा नर्सिङको तालिम लिएका थिए। राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्य–उपचार अनि नर्सिङको महत्व चाल पाएर नेपालमा नर्सिङको शुरुवात भएको विश्वास गरिन्छ।
राणाकालको क्रममा चार नेपाली चेलीहरू विद्यावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ। त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिंङ कोर्स गरेर आएको पाइन्छ।
नर्स विनाको अस्पतालको परिकल्पना गर्न सकिदैंन। कोरोना महामारीको विपदमा खटिरहेका नर्सप्रति कोटी कोटी नमन। जय विश्व नर्स दिवस।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







