फाइल तस्बीर
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट निधन हुनेको संख्या तीन सय नाघेको ।
पछिलो २४ घण्टामा कास्कीका ८सहित पाँच जिल्लाका १६ जना संक्रमितको मृत्यु भएसंगै निधन हुनेको संख्या ३०४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
संक्रमणबाट निधन हुनेमा म्याग्दी र तनहुँका ३–३ जना, गोरखा र बाग्लुङका एक–एक जनाको मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।
मृत्यु हुनेमा ३५ वर्षदेखि ९० वर्षसम्मका छन् ।


यस्तै सोही अवधीमा प्रदेशका ९४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २७४ जना कोरोना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।
हालसम्म प्रदेशमा २५ हजार ४४७ जनाम कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्य १८ हजार ४५९ जना संक्रमणमुक्त भइसकेका छन् ।
अब प्रदेशमा ६ हजार ६८६ जना सक्रिय संक्रमित छन
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







