बुधबार देशभर ४४४४ जना कोरोना संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित




पोखरा । बुधबार देशभर ४ हजार ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

विभिन्न मितिमा कोरोना भाइरस संक्रमित भएका उनीहरु बुधबार सो संख्यामा संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तीन लाख १६ हजार ४६३ पुगेको छ ।

यस अघि मंगलबार ५ हजार ५२५ जना कोरोना संक्रमण मुक्त भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।