यि ४ देशले लगाए नेपालीलाई प्रवेशमा रोक


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालीलाई प्रवेशमा रोक लगाएको छ।

नेपालसहित दक्षिण एसियाका अन्य ३ देशका नागरिक प्रवेशमा रोक लगाएका छन्।

नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना समण उच्च जोखिममा रहेको भन्दै नेपालसहित ४ देशका नागरिकका लागि प्रवेशमा रोक लगाएको हो।

दक्षिण एसियाका बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन्।

कोरोना संक्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन्। मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएकाबाहेक अन्य कुनैपनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन्।
निश्चित समयका लागि रोक लगाइएको भएपनि समय नतोकिएकाले कति लामो हुने हो भन्न नसकिने पनि दूतावासले जनाएको छ।

गोरखापत्रमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।