गण्डकीमा पोखराका ९ सहित थप १४ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कास्कीका ९, बाग्लुङका ४ र म्याग्दीका एक जनाको उपचारका क्रममा पोखरा, बाग्लुङ र म्याग्दीका अस्पतालमा मृत्यु भएको हो । कास्कीमा मृत्यु भएका सबै पोखरा महानगरका विभिन्न वडाका हुन् ।

मृत्यु हुनेमा चरक मेमोरियल अस्पताल पोखरामा मा उपचाररत पोखरा–१७ का ७३ वर्षिय पुरुष, पोखरा–१७ कै ४४ वर्षिय पुरुष र पोखरा–७ की ४५ वर्षिया महिला छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–८ का ८० वर्षिय पुरुष, पोखरा – १७ का ३० वर्षिय पुरुष र पोखरा–१५ का ६५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमबाट नै मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–२६ का ६९ वर्षिय पुरुष र दाङको लालमटिया–१ का ८० वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै धवलागिरी अस्पताल, बाग्लुङमा उपचारत बाग्लुङ–४ का ७७ वर्षिय पुरुष, बाग्लुङकै गल्कोट नगरपालिका–२ का ५२ वर्षिय पुरुष, सोही नगरपालिका– ३ का ६४ वर्षिय पुरुष, बाग्लुङको ढोरपाटन नगरपालिका–९ का ५७ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको निर्देशनालय पोखराले जनाएको छ ।

उता म्याग्दीको बेनी अस्पतालमा उपचाररत ४० वर्षिय संक्रमित पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका–५ स्थायी ठेगना भएका उनको बुधबार बेलका मृत्यु भएको हो ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१८ पुगेको छ ।

प्रदेशमा बुधबारपनि कोरोना भाइरस संक्रमणबाट कास्कीका ८ सहित १६ जनको मृत्यु भएको थियो ।

योसहित संक्रमणबाट कास्कीमा १७४, लमजुङमा ६, गोरखामा १३, तनहुँमा ३२, नवलपरासी पूर्वमा २२, स्याङ्जामा २७, पर्वतमा १३, बाग्लुङमा १४, म्याग्दीमा १६, मुस्ताङमा १ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।