गण्डकी प्रदेशमा हालसम्म १८ हजार ६ सय बढी कोरोना संक्रमणमुक्त

- बिहीबार एकै दिन कास्कीका १०१ सहित १४५ ले जिते कोरोना


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशमा हालसम्म १८ हजार ६ सय बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका १४५ जना कोरोनामुक्त भएसंगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६०४ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार कास्कीका १०१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यस्तै नवलपरासी पूर्वका २९, स्याङ्जका ५, तनहुँका ४, लमजुङ र बाग्लुङका एक–एक जनाले विहीबार नै कोरोना जितेका छन् ।

यसअघि बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका २७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका थिए ।

अब प्रदेशमा सात हजार ३१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको निर्देशनालयले बिहीबार अपरान्ह अध्यावधिक गराएको कोभिड–१९ सम्बन्धि विवरण मार्फत जनाएको छ ।

पछिल्लो दुई साता यता प्रदेशमा एक हजार ७९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।