गण्डकी प्रदेश :कोरोना संक्रमण हुनेको संख्या २६ हजार नजिक

- पछिल्लो २४ घण्टामा थप ५०६ जना संक्रमित


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या झण्डै २६ हजार नजिक पुगेको छ ।


बिहीबार विभिन्न जिल्लाका ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशमा हालसम्मसंक्रमण पुष्टि हुनेको संख्या २५ हजार ९५३ पुगेको हो ।


पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुले एक हजार ३ जनामा गरेको परीक्षणमा ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।


निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका २१० जनामा कोरोना संक्रमण पाइएको छ । त्यस्तै बाग्लुङका ११९, नवलपरासी पूर्वका ९१, म्याग्दीका २८, तनहुँका २७, स्याङ्जाका १६, लमजुङ र गोरखाका २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले अध्यावधिक गराएको कोभिड–१९ सम्बन्धि जिल्लागत विवरण


आज संक्रमित भएका मध्य २३१ जना महिला हुन् भने २७५ जन पुरुष रहेको निर्देशनालयले उल्लेख गरेको छ ।


पछिल्लो दुई साता यता मात्रै प्रदेशमा सात हजार ५८२ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
यस्तै सोही अवधीमा १४५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने १४ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

अब प्रदेशमा सात हजार ३१ जना आइसोलेसनमा छन् । ती मध्य ६ हजार ८६८ जना होम आइसोलेसनमा रहेको पनि निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।


विवरणका अनुसार कास्कीमा तीन हजार ६०२, लमजुङमा १३३, गोरखामा ३७५, तनहुँमा ३४८, नवलपरासी पूर्वमा ५८२, स्याङ्जामा ५०७, पर्वतमा ३६३, बाग्लुङमा ७२७, म्याग्दीमा २८८, मनाङमा ४३ र मुस्ताङमा ६३ जना सक्रिय संक्रमित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।