पत्रकार पौडेलको निधनप्रति प्रेस युनियानद्वारा शोक व्यक्त


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ कोे असामयिक निधनप्रति नेपाल प्रेस युनियान कास्कीले शोक व्यक्त गरेको छ ।

कोरोना भाइरस संक्रमण (कोभिड-१९) बाट उपचारका क्रममा भएकोपौडेलको निधन प्रति यूनियनले विज्ञप्ती मार्फत शोक व्यक्त गरेको हो ।

‘विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा आज ४१ वर्षको उमेरमा भएको असामयिक निधनले युनियन मर्माहत भएको छ।’ प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी शोक विज्ञप्तिमा भनिएको छ ।

साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति भगवान्ले प्रदान गरुन् भन्ने कामना गरिएको छ ।

कामप्रति बफादार र हक्की स्वभावका पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए ।
गण्डकी टेलिजिभनको कार्यक्रम गण्डकी छड्केको छायाङ्कनमा खटिएकै अवस्थामा पौडेललाई वैशाख २० गते कोरोना संक्रमण भएको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर – ३३ बाघमारा निवासी स्वर्गीय पौडेलका आमा, श्रीमती र २ छोरा छन् ।






सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।