प्रतिकात्मक तस्बीर
यतिबेला, विश्वमै महाव्याधीको रुपमा फैलिएको कोभिडको संक्रमणले देश झनै ग्रस्त छ।
छिमेकी मुलुकमा फैलिएको नौलो भेरियन्टको कोरोना भाइरसको प्रभावका कारण नेपालमा संक्रमित दर बढ्दो छ।
कोरोनाकै कारण त्यतिकै अनुपातमा यहाँको मृत्यु दरमा पनि बृद्धि आएको छ। अस्पताल भर्ना, बेड, आइसीयु र भेन्टिलेरको अभावमा संक्रमित विरामीहरुले त्यत्तिकै ज्यान गुमाउनु परेको छ।
यति धेरै सरकारी अस्पताल, शिक्षण अस्पताल र सुविधायुक्त निजी अस्पतालहरु भएको देशका नागरिकहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ।
अस्पतालहरु नफा कमाउनकै लागि खोलिएका हुन्। उनीहरुमा सामाजिक उत्तरदायित्व नै छैन।
अझ भनौँ, यस्तो महामारीका बेलामा निजी अस्पतालहरु त झनै मानवीय समवेदनामा शून्य जस्तै देखिएका छन्।
अस्पतालहरुको छतमा हेलीप्याडको सुविधा भएको विज्ञापन बजारमा फिजाउने निजी अस्पतालहरुले पनि अक्सिजनको अभाव देखाएर विरामी भर्ना नगर्ने बहाना गरि रहेका छन्।
आइसीयु, भेन्टिलेटर र अक्सिजनको अभावमा उपचार नै नपाई विरामीहरुले अकालमा मृत्युवरण गर्नु परेको छ।
संभावित समस्याको पहिले नै आकलन गरेर सरकारी अस्पतालहरुमा यस्तो संरचानहरुको पूर्व तयारी गर्नुपर्दथ्यो।
साथसाथै, सेवा दिने भनेर जथाभावी खोलिएका निजी अस्पतालहरुले पनि अस्पताहरुमा उपलब्ध हुने भौतिक संरचनाहरुको सृजना र निर्माण गर्न सक्नुपथ्र्यो।
निजी अस्पतालहरुको हकमा कुरा गर्दा पछिल्लो समयमा उनीहरुको जवाफदेहिता हेर्दा मानवीय समवेदनाका लागि उनीहरुमा सामाजिक उत्तरदायित्व नै देखिएन।
यस्तो अवस्थामा ति अस्पतालहरुको सामाजिक उत्तरदायित्व खोई ? के अस्पतालहरु नाफा कमाउनकै लागि मात्रै खोलिएका हुन् ?
ढिलै भएपनि सरकारले अहिलेको विकराल स्थितिको महसुस गरेको छ। सबै अस्पतालहरुलाई सामाजिक उत्तरदायित्वको घेरामा ल्याउने सरकारको प्रयास सकारात्मक छ।
हालैमात्र, सरकारले निजी अस्पतालहरुलाई १५ दिनभित्र अस्पतालहरुमा अक्सिजन प्लान्ट गर्न परिपत्रसहित निर्देशन गरेको छ।
तर, निजी अस्पतालहरुले मानवीय समवेदना र सामाजिक उत्तरदायित्व पटक्कै देखाएका छैनन्।
निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न नसक्ने जनाएका छन्।
निजी अस्पतालहरुले १५ दिनमा अक्सिजन प्लान्ट स्थापना गर्न नसकिने बताउँदै सरकारको यस्तो निर्देशन हावादारी भएको उल्लेख गरेका छन्।
निजी अस्पतालहरुको संचालकहरुको संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले उल्टै कार्यान्वयन गर्नुको सट्टा सरकारको यस्तो निर्देशनलाई नै हावादारी बताएको हो।
अफिनले एक विज्ञप्ति निकालेर १५ दिनमा अक्सिजन प्लान्ट स्थापना गर्न असंभव रहेको र सरकारको निर्देशन नै हावादारी भएको जनाएको हो। सरकारले तोकेको समय सीमाभित्र प्लान्ट जोड्न असंभव रहेको भन्दै सरकारको निर्देशनलाई हावादारी निर्देशनको संज्ञा दिएको हो।
अफिनले विज्ञप्तिमार्फत सरकारलाई आरोप लगाएको छ, ‘अहिलेको गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख भएको छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो।
अक्सिजन दिनुपर्ने संक्रमित दर बढेपछि मन्त्रालयले बुधबार सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको हो।
सरकारी अस्पतालमा १५ दिनभित्र अक्सिजन प्लान्ट र ट्यांक ल्याउने भएकाले सरकारले निजी अस्पतालले पनि १५ दिनभित्र अस्पतालहरुमा प्लान्ट जडान गर्नपर्ने बाध्यकारी निर्णय गर्दै अस्पताल संचालकहरुलाई निर्देशन दिएको थियो।
सरकार आफैले अक्सिजन व्यवस्था गर्न नसकेपछि हामीलाई दोष थोपर्नका लागि प्लान्ट राख्नलाई १५ दिन समय दिएको अफिनको आरोप छ।
‘सरकारले गर्न नसकेको काम निजी अस्पतालले कसरी गर्न सक्छ ?’ निजी अस्पतालहरुको प्रश्न छ।
भारतमा कोभिडको संक्रमण दर बढ्दो भएकोले र सामग्री पनि उतैबाट ल्याउनु पर्ने भएकाले हाललाई अन्तर्राष्ट्रिय उडान पनि बन्द भएका कारण प्लान्ट जोड्न असंभव रहेको निजी अस्पतालहरुले जिकिर गरेका छन्।
सय बेडका लागि आवश्यक पर्ने प्लान्ट जडान गर्न १ करोड ३० लाख खर्च लाग्ने निजी अस्पतालहरुको दाबी छ।
निजी अस्पतालहरुले बताउँदै आएका छन्, ‘संकटका बेला कर्मचारीलाई तलव खुवाउन समस्या परेको बेला प्लान्ट जोड्न पनि संभव छैन र त्यति रकम जोहो गर्न पनि संभव छैन।’
अस्पताल स्वीकृत दिँदा नै प्लान्ट अनिवार्य राख्नुपर्ने मापदण्ड भइदिएको भए यस्तो संक्रमणकालीन अवस्थामा यस्तो समस्या नै आउने थिएन । अस्पताल संचालनसम्बन्धी मापदण्डमा स्वीकृति दिँदा प्लान्ट जडान गर्नुपर्ने प्रावधान हुनुपथ्र्यो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







