बागलुङमा थप १५ दिन निशेधाज्ञा हुने भएको छ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले कडा लकडाउन गर्ने निर्णय गरेको हो।
जिल्लामा थप १५ दिन निषेधाज्ञा लगाउन डीसीसीएमसीले जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा बिहिवार बसेको समितिको बैठकले यस पटकको निशेधाज्ञा कडा पार्नुपर्ने समेत सहभागीले सुझाव दिएका छन्।
अबको निषेधाज्ञामा बागलुङमा व्यवसाय, बैक तथा वित्तिय संस्था समेत पूर्ण रुपमा ठप्प हुनेछन् ।
यसअघि, बागलुङमा बित्तीय संस्था नियमित खुलेका थिए। पछि प्रशासनकै आदेशले आलोपालो खुलेका थिए । बैसाख २१ गतेदेखि बागलुङमा निशेधाज्ञा लगाइएको थियो।
अत्यावस्यक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो। बागलुङ नगरपालिका, काठेखोला गाउ“पालिका लगायतले लकडाउन गर्न मंगलवारै डिसीसीएमसीलाई सिफारिस गरेका थिए।
बैठकले सुरक्षा समितिलाई सिफारिस गरेपछि सुरक्षा समितिले निशेधाज्ञाको आदेश जारी गर्ने कानुनी प्रावधान छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







