नेपालमा कोभिड संकट, आपतकालीन सहयोगको खाँचो : डब्ल्युएचओ

- विज्ञहरु भन्छन्, ‘खोप लगाउँ, खोपको व्यवस्थालाई सहज बनाउँ’ को प्रयासले मात्रै मृत्युदर घटाउँछ। संक्रमण रोकथाम र उपचारका लागि सरकारी, सामुदायिक र निजी क्षेत्रबीच सहकार्य गरेर पब्लिक प्राइभेट पार्टनरसिपमा जानुपर्छ।


     एभरेस्ट आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहेको नेपालमा आपत्कालीन सहयोग चाहिएको बताइएको छ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपाललाई आपतकालीन सहयोग चाहिएको बताएको हो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन्।

जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय नेपालमा कोभिडको संक्रमण बढेको र अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि बढेको डा. टेड्रोसको भनाई छ।

उनले नेपाल लगायत भारत श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या उत्पन्न भएको बताएका छन्। उनले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् ।

उनले पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्टलगायतका स्वास्थ्य सामग्री पठाएको पनि जानकारी दिएका छन् । केही अमेरिकी मुलुकमा अझै पनि कोरोना संक्रमण उच्च रहेको निर्देशक गेहब्रेयससको भनाइ छ ।

नेपालमा हालको संक्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब छ। कोरोना भाइरस संक्रमणबाट हुने दैनिक मृत्युदर २ सयको हाराहारीमा रहेको विज्ञहरुले बताउँदै आएका छन्। रोग प्रतिरोधात्मक क्षमता उच्च मानिने चलायमान उमेर समूहकै व्यक्तिको मृत्यु बढी भएको छ।

आगामी २ सातासम्म संक्रमणसँगै ज्यान गुमाउनेको संख्या वृद्धि हुने विज्ञहरको अनुमान। मृत्युदर घटाउन विज्ञहरुले सुझाव दिएका छन्। अस्पतालमा सिकिस्त भएका विरामीहरु भर्ना भएको र उनीहरुले अक्सिजनको अभावमा ज्यान गुमाउनुपरेको विज्ञहरु बताउँछन्। अस्पतालमा उपलब्ध जनशक्ति विरामीको उपचारमा भन्दा पनि अक्सिजनको खोजीमा दौडधुप गर्नुपरेको छ।

संकटका बेला कोरोनाको खोप लगाउने व्यवस्था यथाशीघ्र चाँडो गर्नुपर्ने विज्ञहरुको सुझाव छ। हाल जुन अवस्थामा मृत्यदर छ, खोप नलगाएको भए मृत्युदर त्यो भन्दा कहाली लाग्दो हुने विज्ञहरुको निचोड छ। खोप लगाएकै कारण मृत्यदरमा कमी आएको उनीहरु बताउँछन्।

मृत्युदर घटाउन ‘खोप लगाउँ, खोपको व्यवस्थालाई सहज बनाउँ’ तर्फ ध्यान दिन विज्ञहरुको सुझाव छ। संक्रमण रोकथाम र उपचारका लागि सरकारी र सामुदायिक तथा निजी क्षेत्रबीच सहकार्य गरेर पब्लिक प्राइभेट पार्टनरसिपमा जानुपर्नेमा विज्ञहरु जोड दिन्छन्।

कोरोना फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ। काठमाडौं विश्वविद्यालयको एक अध्ययनले नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्ने गरेको देखाएको छ। यस्तै, दैनिक संक्रमणबाट मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा झन्डै ३.३ छ।

संक्रमित हुने र ज्यान गुमाउनेमा २० देखि ३९ वर्ष उमेर समूहका धेरै छन्। कामकाज बढी गर्नुपर्ने ३० देखि ३९ वर्ष समूहका बढी प्रभावित छन्। त्यसपछि २० देखि २९ वर्ष उमेरका व्यक्तिले ज्यान गुमाएका छन्।

नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको पनि उल्लेख गर्दा शुक्रबार २ सय ३ जनाको मृत्यु भयो। संक्रमणबाट शनिबार थप १ सय ८७ जनाको मृत्यु भएको छ।

मन्त्रालयले उल्लेख गरेअनुसार हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। देशभर १ लाख ९ हजार ७ सय ४० सक्रिय संक्रमित छन्। कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४२ हजार २ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ।

दोस्रो लहरमा देखिएको यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्टले बिरामीलाई छिट्टै जटिल अवस्थामा पु¥याउने गरेको छ। त्यसैले कोरोना संक्रमणसँगै मृत्युदर घटाउने चुनौती देखिएको विज्ञहरु बताउँछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।