प्रतिकात्मक तस्बीर
एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन्।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी गुरुङले वतास फाउन्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माणका लागि चलेको अभियानलाई उक्त रकम प्रदान गरेकी हुन्।
‘कोभिड १९ महामारीले सबैतिर भयावह भइरहेको बेला, अक्सिजनकै अभावमा थुप्रै नेपालीले ज्यान गुमाउनुपरेको छ,’ गुरुङले आफ्नो धारणा राखेकी छन्, ‘यस्तो बेला वतास फाउन्डेसनले अक्सिजन प्लान्ट बनाउन गरेको प्रयास प्रशंसनीय छ।’
गुरुङलेले यस अभियानमा साथ र सहयोगका लागि तमु दिदीबैनी तथा दाजुभाई, संघसंस्था, सम्पूर्ण पोखरेलीलाई र देशविदेशका नेपालीलाई आग्रह समेत गरेकी छन्।
गुरुङले राज्य र निजी क्षेत्र अनि समुदाय सबैको हातेमालोबाट अघि बढेर नै कोभिड १९ को महामारी विरुद्ध लड्न सकिने र आ–आफ्नो ठाउँबाट यो बेला सबैले सक्दो सहयोग गर्नुपर्ने विचार समेत व्यक्त गरेकी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







