माहामारीमा मनपरी गर्ने बिथ ल्याबलाई प्रशासनले बन्द गराएको छ । ल्याब दर्ता नै नगरी माहामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ को पिसीआर जाँच गर्ने बिथ ल्याबलाई प्रशासनले बन्द गराएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासनलगायतको संयुक्त टोलीको अनुगमनका क्रममा बिथ ल्याबले दर्ता नै नगरी पिसीआर टेस्ट गर्ने गरेको पत्ता लागेपछि सो ल्याबलाई बन्द गराएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त प्रमुख सपना सुवेदीले जानकारी दिईन् ।
काठमाडौंमा मुख्य कार्यालय रहेको बिथ ल्याबले कोरोना माहामारी शुरु हुने समयमा पोखरामा शाखा खोलेको हो । पोखराको पृथ्वीचोकमा शाखा खोलेको सो ल्याब पोखरामा भने दर्ता छैन । काठमाडौंमा दर्ता भएपनि कास्कीमापनि ल्याब दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । तर पिसीआर टेस्टका लागि काठमाडौं पठाउने भन्दै सो ल्याबले स्वाब कलेक्सन शुरु ग¥यो । शुरुमा त यहाँस्थित प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासनलगायतले काठमाडौंमा पिसीआर गर्ने भनेपछि होला भनेर पत्यायो । तर जब ल्याबले आधा घण्टामै पिसीआर रिपोर्ट दिन थाल्यो, तबमात्र प्रशासनदेखि सरोकारवाला सबै निकाय झस्किए ।
त्यसपछि निगरानीमा रहेको सो ल्याबमा सोमबार अनुगमन गरिएको थियो । अनुगमनमा ल्याबले पोखराकै ल्याबमा पिसीआर टेस्ट गर्नेगरेको प्रमाण भेटिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त प्रमुख सपना सुवेदीले बताईन् । शुरुमा त हामीले पनि काठमाडौंमा पिसीआर टेस्ट गर्ने भनेपछि पत्यायौं, उनले भनिन्,‘तर बिथ ल्याबले हामीलाई झुक्याएको रहेछ, उसले त पोखराकै ल्याबमा पिसीआर टेस्ट गर्नेगरेको प्रमाण नै भेटियो ।’
महामारीका बेला लापरवाहीपूर्वक झुक्याएर पिसीआर टेस्ट गर्ने बिथ ल्याबलाई शिल गरिएको निमित्त प्रमुख सुबेदीले बताईन् । ‘दर्ता नगरेसम्म बिथ ल्याबलाई पिसीआर नगर्न भनेका छौं, साथै ल्याबको ढोकामा ताला लगाएका छौं’–उनले भनिन् । उनले पोखरामा दर्ता गरेमा भने पिसीआर टेस्ट गर्न दिइने बताईन् ।
पिसीआर टेस्टका लागि सरकारी अस्पताल टेकु अस्पतालबाट ए ग्रेडको प्याथोलोजी ल्याब भएको प्रमाणपत्र वा नेपाल सरकारबाट स्वीकृत प्राप्त टिचिङ हस्पिटल जसले कोभिडका विरामीका लागि २० प्रतिशत बेड छुट्याएको अस्पतालले मात्र पिसीआर गर्न पाउने ल्याब विज्ञहरु बताउँछन् । तर बिथ ल्याबले दुबै मापदण्ड पूरा गरेको छैन । अझ आधा घण्टामै पिसीआर प्रमाणपत्र दिएको भन्नेबारेमा थप अनुसन्धान हुनुपर्ने उनीहरुको भनाई छ । किनकी कोभिडको पिसीआर टेस्ट आधा घण्टामा हुनै नसक्ने उनीहरुको दाबी छ । ‘आधा घण्टा त के २ घण्टामा पनि कोभिडको टेस्ट सकिन्न, त्यसैले पैसामा पिसीआर प्रमाणपत्र बिक्री गरेको पनि हुनसक्छ, त्यसबारेमा पनि अनुसन्धान हुनुपर्छ’–नाम नबताउने शर्तमा एक विज्ञले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





