सर्प संरक्षक कतिलाको कोरोना संक्रमणका कारण निधन


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित




सर्प संरक्षक महेन्द्र कतिलाको निधन भएको छ । पोखरेली सर्प संरक्षक कतिलाको कोरोना संक्रमणका कारण निधन भएको हो । उनको आज साँझ ५ बजे नारायणघाटस्थित विपी मेमोरियल क्यान्स अस्पतालमा उपचारको क्रममा निधन भएको पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रबिन्द्रबहादुर प्रजु (रबिन्सन)ले जानकारी दिए ।

कतिला पोखराका पहिलो सर्प संरक्षक हुन् । उनले अलपत्र परेका सर्पको उद्धार गर्ने गर्थे । पोखरा तथा यस आसपासका क्षेत्रमा कसैको घरमा सर्प पस्यो कि पोखरेलीले सम्झिने नाम हो कतिला । उनी सर्पलाई माया गर्नुपर्ने बताउँथे । सर्पलाई नजिस्काएसम्म उसले केहि नगर्ने भन्दै वातावरण संरक्षणका लागि भएपनि सर्प मार्न नहुने उनको भनाई थियो ।

कतिलाले कयौं सर्पको गुँड बनाएर संरक्षण गरेर सर्पको संख्या बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको पत्रकार कृष्णमणी बराल स्मरण गर्छन् ।

पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति पनि हुन् । उनी एमाले निकट अखिलबाट राजनीति शुरु गरेपनि पछिल्लो क्रममा निस्कृय रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।