फाइल तस्बीर
कोरोना भाइरस संक्रमणबाट कास्कीमा ९ जनासहित गण्डकी प्रदेशमा थप २४ जनाको मृत्यु भएको छ।
जसमध्ये पोखरामा मात्रै १८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
मृत्यु हुनेमा कास्कीका ९ जना, स्याङ्जाका ५, म्याग्दीका १, पर्वतका ३, गोरखाका १ जना छन्।यसैगरी लमजुङका १, तनहूँका २, बाग्लुङका १ र नवलपरासी पूर्वका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७ जना पुगेको छ। जसमा सबैधन्दा धेरै कास्कीका २ सय ९ र सबैभन्दा थोरै मुस्ताङका २ जना छन्।
कोरोना संक्रमणबाट कुनै पनि नागरिकको मृत्यु नहुने गण्डकीको एकमात्र जिल्ला मनाङ हो। यस जिल्लामा ७० जना संक्रमित भएकोमा निको हुनेको संख्या २८ जना छ भने सक्रिय संक्रमितको संख्या ४१ जना रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







