कास्कीमा ४०८ सहित गण्डकी प्रदेशभर थप ८५९ जना कोरोना संक्रमित थपिए


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये सबैभन्दा धेरै कास्कीका ४ सय ८ जना छन्। यस्तै, म्याग्दीमा ८४, नवलपरासी पूर्वमा ८४, लमजुङमा ७९, बागलुङमा ६२, स्याङ्जामा ३५, तनहूँमा २३, पर्वतमा २१, मनाङमा ५, जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये ४ सय ४ जना महिला र ४ सय ५५ जना पुरुष छन्। यससँगै गण्डकी प्रदेशभर कूल संक्रमितको संख्या २९ हजार ४१ जना पुगेको छ। गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ९२ जना छन्। जसमध्ये सबैभन्दा धेरै कास्कीमा ४ हजार ११ जना छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।