प्राडा अमर नागिला, पोविवि स्वास्थ्य, विज्ञान संकायको डिनमा नियुक्त


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७८ मा प्रकाशित




तस्बीर : प्राडा अमर नागिलाको फेसबुकबाट

पोखरा विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा प्राडा अमर नागिला नियुक्त भएका छन्।

सोमबार बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले ४ वर्षे कार्यकालका लागि डा नागिलालाई डिन नियुक्त गरेको हो। डा नागिला पोखरा विशवाविद्यालयमा प्रध्यापन गराउँदै आएका छन्।

थाइल्यान्डको मोइदल युनिभर्सिटीबाट मेडिकल बायोकेमेस्ट्री तथा मोलिकुलर बायोलोजीमा विद्यावारिधि गरेका प्रयोगशालाविद् डा. नागिला गण्डकी प्रदेशको एक मात्र ‘क श्रेणीको प्रयोगशाला, लाइफ केयर डाइग्नोस्टिक’का संचालक समेत हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।