नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला शाखा कास्कीका अध्यक्ष विक्रम पन्तलगायत पदाधिकारी पोखरा–१७, मानव सेवा आश्रमका संयोजक राजन सापकोटालाई मङ्गलबार अत्यावश्यक औषधि सहयोग हस्तान्तरणपश्चात आश्रममा । तस्बिरः रासस ।
पोखरा । नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ ।
कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम .पन्तले जानकारी दिए ।
उनले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको सूचीका आधारमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधिसहित एन्टिबायोटिक, भिटामिन, घाउखटिरा र चोटपटकमा लगाइने मल्हम आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको बताए ।
संघका महासचिव पूर्णकाजी बस्नेतका अनुसार आश्रममा हाल १५५ ‘लक्ष्मी’ र ‘नारायण’ छन् । आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले पोखरा–२५ हेम्जास्थित बाबियातरामा मानवीय स्मारक (मानव सेवा धाम)को निर्माण भइरहेको र अहिले कोभिड –१९ का कारण रोकिएको जानकारी दिए । सो धाम निर्माणका लागि प्रदेश सरकारको विशेष सहयोग छ ।
रु. एक अर्ब तीन करोडका लागतमा निर्माण हुन थालेको स्मारकको गुरुयोजनानुसार पाँच सय क्षमताको सडक मानवता जागरण तालीम केन्द्र, बालोद्यान, यात्रु सेवा सत्तललगायत आवश्यक संरचना हुनेछन् । विसं २०८० सम्ममा सडकमानवमुक्त बनाइने अभियानानुसार योजनाबद्ध कार्यमा लागेको उनको भनाइ थियो । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






