गण्डकी प्रदेशमा ९ हजार बढी सक्रिय संक्रमित, ४२९ कोरोना संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा मंगलबार कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ९ हजार १८० पुगेको हो ।

एक हजार ६३५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा सबैभन्दा बढी कास्कीका ४१७, बाग्लुङका १२३, तनहुँका ११२, स्याङ्जाका ८६, नवलपरासी पूर्वका ७६,पर्वतका ७४, गोरखाका ३५, म्याग्दीका२७, लमजुङका ८ र मुस्ताङका एक जना छन् ।

यस्तै सोही अवधीमा ४२९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३० हजार पुगेको छ । भने २० हजार ३९८ जना कोरोना भाइरस संक्रमणमुक्त भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधीमा कोरोना भाइरस संक्रमणबाट प्रदेशभर १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।