फाइल तस्बिर
काठमाण्डौं । पाँचसय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ ।
मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५०० बढी संक्रिय सङ्क्रमित छन् ।
यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या ५०० बढी छ ।
सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमण दर घट्न सकेको छैन ।
नेपालमा हालसम्म चार लाख ७२ हजार ३५४ मा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ६१.७२ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५३३ पुरुष र ३८.२८ प्रतिशत अर्थात एक लाख ८० हजार ८२१ महिला छन् । सङ्क्रमितमध्ये तीन लाख ५२ हजार ४१४ सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत रहेको छ । हालसम्म कोरोनाबाट पाँच हजार ४११ ले ज्यान गुमाएका छन् ।
छ हजार ८९१ सङ्क्रमण मुक्त
पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा आठ हजार १३६ र ६९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा सङ्क्रमण पुष्टि भएको हो ।
सो अवधिमा सङ्क्रमणबाट १९६ को ज्यान गएको छ भने छ हजार ८९१ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ ।
ती मध्ये एक हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





