फाइल तस्बीर
पोखरा । बुधबार गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट कास्कीका ८ सहित ३० जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएकाहरुको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार संक्रमणबाट कास्कीका ८, स्याङ्जाका ७, तनहुँ र पर्वतका ५–५, गोरखाका ३ र नवलपरासी पुर्वका २ जनाको मृत्यु भएको हो ।
संक्रमणबाट कास्कीको पोखरा महानगरपालिका–१० की ४८ वर्षिया महिला, पोखराकै वडा नम्वर ९का ४२ वर्षिय पुरुष, वडा नम्वर १५ का ७५ वर्षिय पुरुष, पोखरा–८ का ५९ वर्षिय पुरुष, पोखरा–१४ का ५६ र ५४ वर्षिय पुरुषको मृत्यु भएको निर्देशनालयले विवरण अध्यावधिक गराएको छ ।
पर्वतको कुस्मा नगरपालिका–६ का ६० वर्षिय पुरुष, मोदी गाउँपालिका–२ की ७८ वर्षिय महिला, बिहादी गाउँपालिका–३ का ५७ वर्षिय पुरुष, कुस्मा नगरपालिका–९ का ५७ वर्षिय पुरुष, जलजला गाउँपालिका–३ का ६० वर्षिय महिला, नवलपरासी पुर्वको कावासोती नगरपाािलका–२ का ६८ वर्षिय पुरुष, कावासोती–१६ का ६८ वर्षिय पुरुषको मृत्यु भएको छ ।
यस्तै स्याङ्जाको वालिङ – १३ का ५५ वर्षिया महिला, चापाकोट गाउँपालिका–५ का ७२ वर्षिय पुरुष, वालिङ –१ का ७६ वर्षिय पुरुष, पुतलीबजार नगरपालिका–१ का ९२ वर्षिय पुरुष, वालिङ–२ की ७७ वर्षिया महिला, गल्याङ नगरपालिका–११ का २७ वर्षिय पुरुष, भिरकोट नगरपालिका– ३ की ७० वर्षिया महिलाको मृत्यु भएको निर्देशनालय पोखराले जनाएको छ ।
कोरोना संक्रमणबाटै गोरखाको बकराङ – १ की ८४ वर्षिया महिला, गोरखा नगरपालिका–७ का ३० वर्षिय पुरुष, अजिरकोट गाउँपालिका–७ का ३० वर्षिय पुरुषको मृत्यु भएको छ ।
यस्तै तनहुँको भानु नगरपालिका– ४ र १२ का ७१ वर्षिय पुरुष र ६५ वर्षिय महिला, बन्दीपुर गाउँपालिका– २ का पुरुष, व्यास नगरपालिका–१ का ४१ वर्षिय पुरुष, शुक्लागण्डकी नगरपालिका – ५ का ८१ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरि रुपन्देहीको सैनामैना नगरपालिका – ३ का ४९ वर्षिय पुरुष, पाल्पाको तानसेना नगरपालिका – २ की ४४ वर्षिय पुरुषको मृत्यु भएको छ ।
यो सहित प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५२ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







