तस्बीरः एजेन्सी
चीनले मंगल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ।
उक्त तस्बिरमा यान अगाडिको दृश्यमा मंगल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ।
आइतवार बिहानै मंगल ग्रहमा चिनियाँ यान सफलतापूर्वक अवतरण गरेको थियो। चिनियाँ यान अवतरणपछि चीन मंगल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ।
मंगल ग्रहको उत्तरी गोलाद्र्धमा उत्रिएको ६ पांग्रे सो यानले कम्तीमा उक्त ग्रहमा कम्तीमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन्।
सौर्य ऊर्जाबाट चल्ने जुरोङको २ सय ४० किलो तौल रहेको छ। यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ।
५ उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएका १०२ वटा शव मध्ये २१ जनाको पोस्टमार्टम…





