पोखरा । गण्डकी प्रदेशमा बिहीबार एक हजार ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ६१५ महिला र ७५७ पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा स्याङ्जाका ६११ जना छन् । जसमा ३१६ पुरुष र २९५ महिला छन् । कास्कीमा १३८ जना महिला र २१५ जना पुरुष गरि ३५३ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ ।
यस्तै गोरखाका १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्य ६५ महिला र ९१ पुरुष हुन् । नवलपरासी वर्दघाट सुस्ता पूर्वमा ४५ महिला र ४९ पुरुष गरि ९४ जनामा, तनहुँमा ४५ महिला र ४८ पुरुष गरि ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा म्याग्दीमा २१ जनामा संक्रमण पाइएको छ । संक्रमित हुनेमा १० जना महिला र ११ जना पुरुष छन् । पर्वतमा ८ महिला र १० पुरुष गरि १८, बाग्लुङमा ६ पुरुष र ३ महिला गरि ९ जनामा र मनाङका एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो सहित हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३२ हजार ६० पुगेको छ ।
यस्तै सोही अवधी ४३३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित हालसम्म २१ लाख ३९९ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
सोही अवधीमा कोरोना भाइरस संक्रमणबाट २१ जनाको निधन भएको छ । संक्रमणबाट कास्कीका ७, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ५, स्याङ्जाका ४, बाग्लुङका २ र तनहुँका एक जनाको निधन भएको निर्देशनालयले जनाएको छ ।
अव प्रदेशभर १० हजार १८८ जना सक्रिय संक्रमित छन् । ति मध्य ९ हजार ९०९ जना होम आइसोलेसनमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







