माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


     रासस     
     जेठ ६ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

गोरखा । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

गोरखा अस्पतालमा पुगेर प्रवक्ता श्रेष्ठले आज एक हजार थान एन्टिजेन किटसहितका स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएका हुन् । एन्टिजेन किटको अभावमा अस्पतालमा कोरोनाका शकांस्पद नागरिकहरूको तत्काल परीक्षण गर्न अभाव भएको जानकारी पाएपछि प्रवक्ता श्रेष्ठ किट बोकेर अस्पताल पुगेका हुन्। प्रवक्ता श्रेष्ठले स्वास्थ्य सामग्री अस्पतालका डा. अजयराज गौतमलाई हस्तान्तरण गरेका हुन् ।

अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका १० थान अक्सिजन सिलिण्डरलगायत सामग्रीसहित एन्टिजेन किट प्राप्त भएको डा. गौतमले जानकारी दिए।

अस्पताललाई प्राप्त भएको महत्वपूर्ण सामग्रीले बिरामीको उपचारमा सहयोग पु¥याउने डाक्टर गौतमले बताए ।

गोरखा अस्पतालमा बिरामीको उपचारका लागि आइसोलेन बेडको अभाव भएपछि प्रवक्ता श्रेष्ठको निर्देशनमा वेड थप गर्ने काम भइरहेको छ भने अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।